मलेसियाविरुद्ध खेलमा फर्किँदै नेपाल

मलेसियाविरुद्ध खेलमा फर्किँदै नेपाल

केन्द्रबिन्दु
0
Shares

स्पिनर ललित राजवंशीले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालका लागि मलेसियाविरुद्ध तेस्रो सफलता दिलाएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाका लागि ललितले खेलको ३७.१ ओभरमा विरनदीप सिंहको विकेट लिएका हुन् । 

उनले सिंहलाई ४६ रनमा सोमपाल कामीमार्फत क्याच आउट गराएका हुन् । 

यसअघि अर्का स्पिनर सन्दीप लामिछानेले मलेसियाविरुद्ध दोस्रो सफलता दिलाएका थिए । उनले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै नेपाललाई दोस्रो विकेट दिलाएका हुन् । उनलाई ७६ रनमा खेलिरहेका फैजलाई पवेलियन फर्काएका हुन् । फैज र विरनदीप सिंहको शतकीय साझेदारी पनि उनले तोडेका थिए ।  

Logo