नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् ।
तनहुँ-१ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ जान लागेका हुन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।





























प्रतिक्रिया