नेपाललाई मलेसियाको मध्यम लक्ष्य, सन्दीपले लिए ३ विकेट

नेपाललाई मलेसियाको मध्यम लक्ष्य, सन्दीपले लिए ३ विकेट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले एसिसी प्रिमियर कपको पहिलो खेल मलेसियाविरुद्ध मध्यम लक्ष्य पाएको छ । 

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको हो । मलेसियाका लागि कप्तान अमेद फैजले सर्वाधिक ७६ रनको अर्धशतकीय इनिङ्स खेले । साथै विरनदीप सिंहले ४६ रन जोडे भने खिजर हायदले २२ रन, स्याजरुलले २१ रन जोडे । 

बलिङतर्फ नेपालका लागि स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले समान ३/३ विकेट लिए । साथै स्पिनर ललित राजवंशीले २ विकेट तथा गुल्सान झाले एक विकेट लिए । सन्दीपले फैज र सिंहको शतकीय साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएएका थिए । ५ ओभरमा पहिलो सफलता पाएको नेपालले दोस्रो विकेटका लागि ३३ ओभरसम्म कुर्नुपरेको थियो, जुन विकेट सन्दीपले दिलाएका थिए । 

नेपाल आज सहज जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्न चाहन्छ । समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।

Logo