एसिसी प्रिमियर कपमा हङकङले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा सिंगापुरलाई ८ विकेटले हराउँदै हङकङले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
समूह बीमा रहेको उसले पहिलो खेलमा नै अंक जोडेको छ ।
मुलपानी मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा सिंगापुरले दिएको १७५ रनको मध्यम लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा बाबर हायतले नटआउट १०८ रन बनाए । क्याप्टेन निजाकत खानले ५१ रनको योगदान गरे ।
पहिला ब्याटिङ गरेको सिंगापुर भने ४२.१ ओभरमा १७४ रनमा अलआउट भएको थियो । उसका लागि क्याप्टेन अरित्र दत्तले सर्वाधिक ४९ रन बनाए । इशान खानले ४ र यासिम मुर्ताजाले ३ विकेट लिएपछि सिंगापुर सस्तैमा अलआउट भएको थियो ।





























प्रतिक्रिया