मगावा मुसाले कसरी गिनिज बुकमा नाम लेखाउन सक्यो ?

मगावा मुसाले कसरी गिनिज बुकमा नाम लेखाउन सक्यो ?

केन्द्रबिन्दु
0
Shares

गिनिज बुकमा नाम लेख्न सफल मुसाको कथा हामीले मानिसको बहादुरीका कथामा प्रायः सुनिरहन्छौं । तर एउटा बहादुर मुसा जसले आफ्नो बहादुरीले गीनिज बुकमा नाम लेखाउनुका साथै गोल्ड मेडलद्वारा सम्मानित भएका थिए भन्दा पत्यार लाग्दैन। यो सुनेर तपाई पक्कै छक्क पर्नुहुनेछ । तर, विश्वभर ‘हिरो’ भनेर चिनिने अफ्रिकी मुलको मगावा नामक मुसाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको थियो ।
 
कसरी बने मगावा हिरो ?
सन् २०१४ मा जन्मिएका मगावाले आफ्नो ५ वर्षको बम स्निफिङ करियरमा हजारौंको ज्यान जोगाएको थियो । उसले दक्षिणपूर्वी एसियाली देश कम्बोडियामा ल्यान्डमाइन पत्ता लगाउन प्रमुख भूमिका निभाएको थियो। उसलाई यसरी तालिम दिइएको थियो कि बारूद पहिचान गर्न र खतराको बारेमा पत्ता लगाउन सकोस् । मुसाले आफ्नो करियरमा ७१ बारुदी सुरुङ र ३८ वटा प्रत्यक्ष विस्फोट पत्ता लगाएर हजारौंको ज्यान बचाएको थियो । संसारका धेरै क्षेत्रमा सैन्य द्वन्द्वका समय ल्यान्ड मिनहरू बिछ्याइएका थिए । तर एकपटक राखेपछि हटाउन सकिदैन थियो किनकि यी धेरै खतरनाक हुन्छन्। 

के हो मगावाको विशेषता ? 
मगावा जस्ता मुसालाई ल्यान्डमाइन पत्ता लगाउन तालिम दिइन्छ किनभने तिनीहरूको हल्का वजनले ल्यान्डमाइनहरू विस्फोट गर्दैन । ल्यान्डमाइन विस्फोटकहरू गन्धबाट पत्ता लगाइन्छ, जुन मानिस र कुकुरहरूका लागि पनि ठूलो जोखिम हो। मगावाको बहादुरीका कारण मुसालाई कुरूप र रोग निम्त्याउने प्राणी मानिने ठाउँमा उनलाई सधैँ सुपरहिरोको रुपमा हेरियो । 

कसरी भयो मगावाको निधन ?
मगावाले गत वर्ष नोभेम्बरमा आफ्नो ८ औं जन्मदिन मनाएको थियो । त्यसपछि मगावा धेरै सुत्न थाल्यो र खानामा रुचि घट्न थाल्यो। केही समयपछि बिरामी पर्‍यो र २०२२ डिसेम्बरमा उसको मृत्यु भयो ।

Logo