इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औँ खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए ।
कोलकाता नाइट राइडर्सविरुद्ध सानदार शतक हानेका युवा ओपनर ह्यारी ब्रुक मुम्बइसँगको खेलमा ७ बलमा २ चौकासहित ९ रनमा क्याच आउट भए ।
उनी तीव्र गतिका बलर जेसन बेहर्नडोर्फको दोस्रो ओभरको चौथो बलमा टप एज लागेर कभर प्वाइन्टमा सूर्यकुमार यादवबाट क्याच आउट भए । बेहर्नडोफले नै चौथो ओभरको चौथो बलमा राहुल त्रिपाठीलाई ७ रनमा विकेटकिपर ईशान किशनबाट क्याच आउट गराए ।
कप्तान एडेन माक्ररम १७ बलमा १ चौका र १ छक्कासहित २२ र अभिषेक शर्मा १ रनमा आउट भए । हैदराबादलाई जितको लागि ४२ बलमा ८७ रन चाहिँएको थियो । स्पिनर पियुष चवालालाई हेनरिक क्लासेनले १३ औं ओभरको दोस्रो बलमा चौका, तेस्रो, चौथो बलमा छक्का र पाँचौँ बलमा चौका हानेपछि खेल रोचक बनेको थियो ।





























प्रतिक्रिया