बौद्धस्थित ह्यात होटलसँग भएकाे सम्झौता रद्द गर्ने मन्त्री किरातीकाे चेतावनी

बौद्धस्थित ह्यात होटलसँग भएकाे सम्झौता रद्द गर्ने मन्त्री किरातीकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तारागाउँ विकास समिति विगठन गर्ने र तारागाउँ रिजेन्सी होटल (होटल हायात)सँग भएको सम्झौता रद्द गर्ने चेतावनी दिएका छन्।

तारागाउँ विकास समितिलाई २२ वटा र तारागाउँ रिजेन्सी होटललाई पठाएका २७ वटा प्रश्नको जवाफ तीन दिनभित्र पठाउन निर्देशन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले तारागाउँ रिजेन्सी होटल लिमिटेड निर्माणको परियोजना लागत योजनाबद्ध तरिकाले बढाइएको र तारागाउँ विकास समिति तथा सर्राफ आईसीटीसी समूहबीचमा एक अर्ब ५० करोड रुपियाँ लागतको सहमति भए पनि दोब्बर बढी अर्थात् तीन अर्ब ४३ करोड रुपियाँ खर्च गरिएको पाइएकोबारे जवाफ पेस गर्न निर्देशन दिएका छन् । 

उनले पत्रमा प्रतिप्रश्न गरेका छन्, “संयुक्त लगानी सम्झौता र समझदारीपत्रविपरीत होटल परियोजना लागत अत्यधिक मात्रामा वृद्धि गर्नाको कारण के हो ? घाटामा गएको बेला पनि कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकलाई ३८ करोड १२ लाख रुपियाँसम्म भुक्तानी गरेको देखियो । भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वाभाविक रूपमा ठूलो धनराशि पारिश्रमिकका रूपमा भुक्तानी लिनुको कारण के हो ?”

उनले मन्त्रालयले खर्च पुष्टि गर्ने बिल बीजक तथा कागजातसमेत पेस नगरी ठूलो खर्च लेखाङ्कन गरेकोमा पनि प्रश्न उठाएका छन् । 

Logo