कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका मन्त्रीको शपथ आज

कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका मन्त्रीको शपथ आज

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली काँग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ ।

मंगलबार दिउँसो बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिएको काँग्रेसले जनाएको छ ।

Skip This
Skip This
Logo