वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउने मन्त्री रिजालकाे प्रतिबद्धता

वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउने मन्त्री रिजालकाे प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनमा ल्याउने  प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री रिजालले चिनी मिल चलाउन आफू तयार रहरेको बताएका हुन् । 

पर्साबासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेको भन्दै मन्त्री रिजालले जिल्लावासीकै आदेशमा आफू चल्ने समेत बताएका छन्।

Logo