युनाइटेड अरव इमिरेट्स (युएई)ले एसिसी प्रिमियर कपको पहिलो खेलमा कुवेतलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३७१ रन बनाएको हो । युएईका लागि युवा ब्याटर वृत्य अरविन्द र अलराउण्डर रोहन मुस्तफाले सानदार शतकीय इनिङ्स खेले । अरविन्द १८५ रनमा आउट भए । उनले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गरे । साथै अलराउण्डर मुस्तफा ११८ रनमा आउट भए । आसिफ खानले ३० रन जोडे ।
तर, युएईको सुरुवात भने सम्झन लायक थिएन । कप्तान मोहम्मद वासिम पहिलो ओभरको चौथो बलमै ८ रनमा क्याच आउट हुँदा दोस्रो ओभरको दोस्रो बलमा अर्का ओपनर आर्यन लाक्रालाई शून्यमा बोल्ड भएका थिए । साथै पाँचौं ओभरको चौथो बलमा रमिज शाहजाद पनि ९ रनमा क्याच आउट भएका थिए ।
बलिङतर्फ कुवेतका तीव्र गतिका बलर शाहरुख कुद्दुस र पर्विन्दर कुमारले समान २/२ विकेट तथा यसिन पटेल र सायद मोनिवले एकएक विकेट लिए ।































प्रतिक्रिया