अख्तियार राजनीतिक प्रभावमा पर्दा गलत गर्नेले उन्मुक्ति पाएः सांसद सिंह

अख्तियार राजनीतिक प्रभावमा पर्दा गलत गर्नेले उन्मुक्ति पाएः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक प्रभावमा परेको आरोप लगाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले अख्तियारका पदाधिकारीहरुले पद जान्छ कि भन्ने त्रास राखेर काम गर्न नहुने बताएका हुन् । उनले खुट्टा कमाएर बसेपछि अख्तियारबाट आशलाग्दो कामको अपेक्षा गर्नु बेकार भएको पनि प्रष्ट पारे । 

उनले भने, ‘अख्तियारले पनि राजनीतिक प्रभावबाट डराएर पद जान्छकी भनेर र महाअभियोग पो लाग्छकी भनेर खुट्टा कमाउनु भएन् । हिजोको सरकारले ७ दिनलाई विदेशी कम्पनीलाई दियो । तर अहिले यो सरकारले त्यसलाई रद्द गरेर अर्को कोसिसमा लाग्यो  । यदि हिजोको सरकारले गलत गरिरहेको छ भने कारवाही गर्नुपर्छ नाङगेझार पार्नुपर्छ ।’

नेपालको नीति नियम र जनताको हित विपरित काम गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ । 

सांसद सिंहले ठूला राजनीतिक दलका नेताहरु देखि लिएर जसजसले गलत कार्यहरु गरेका छन् ती सबैलाई नाङ्गेझार पार्नुपर्ने पनि बताए ।  

Logo