प्रकाश सपुतकाे ‘सकम्बरी’ विवादमा [भिडियाेसहित]

प्रकाश सपुतकाे ‘सकम्बरी’ विवादमा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

चल्तीका गायक प्रकाश सपुतले चैत ३० गते आफ्नै यूट्युब च्यानलबाट एउटा गीत सार्वजनिक गरे । सोही गीतका कारण अहिले सामाजिक सञ्जाल तातेको छ । 

‘कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु
हातमा सुनको चुरा
तिमीलाई कल्ले किन्दियो’

गीतका शब्द र भिडियो हेर्दा महिलाले लगाएका गहना–कपडा अर्कैले किनिदिएको, उसले काम रोज्न गरेको स्वनिर्णय र आत्मसम्मानमाथि पनि प्रश्न गरिएको र जवानी बेच्ने, इमान बेच्ने, चरित्रहीन भनेर लाञ्छना लगाइएको भन्दै टीका–टिप्पणी भइरहेको छ । फेरि पात्रले अन्त्यमा ती लाञ्छना स्वीकार गरेको देखाइएकोले महिलालाई कमजोर बनाएर प्रस्तुत गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गीतले महिलालाई होच्याएको भन्दै सामाजिक सञ्जालमा कतिपयले विरोध गरिरहेका छन् । पारिजातद्वारा लिखित चर्चित उपन्यास शिरिषको फूलको शीर्ष पात्रको नामलाई लिएर सपुतले पात्र स्थापना गरेका छन् । तर सकम्बरीको चित्रण गीतमा उपयुक्त नभएको भन्ने आरोप पनि छ । यो आरोप–प्रत्यारोपका बीचमा रिलिज भएदेखि नै गीत नेपाल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । झण्डै ८७ लाख पटक यो गीत हेरिएको छ ।

गीतमा गरिएको महिला चित्रणलाई लिएर दुई प्रकारका धारणा बहसमा छन् । एउटा पक्ष भन्छ, ’समाजकै यथार्थ भिडियोमा देखाएको हो यसमा आपत्ति किन?’ अर्को पक्षको धारणा छ ,‘भिडियोमा गरिएको महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्दचयन स्वभाविक छैन ।’

गाउँबाट सहर छिरेकी फुलमायाले मोडलिङ क्षेत्रमा काम गर्न चाहेको देखाइएको छ । तर यो क्षेत्रमा पैसा कमाउन देह व्यापार गर्नु परेको दृश्य देखाइएको छ ।

‘सकम्बरीको भिडियोमा गाउँबाट सहर छिरेकी फुलमायाले मोडलिङ क्षेत्रमा काम गर्न चाहेको देखाइएको छ । तर यो क्षेत्रमा पैसा कमाउन देह व्यापार गर्नु परेको दृश्य देखाइएको छ । फूलमाया आफ्ना सपना पूरा गर्न शहर छिर्छिन् । मोडल बन्ने सपनामा दाइ नाता पर्नेसँग सहयोग लिएर रेस्टुरेन्टमा वेट्रेस बन्छिन् । उनलाई सहयोग गरेवापत ती दाईले उनीमाथि यौन शोषण गर्छन् । काम गर्ने शिलशीलामा विभिन्न पुरुषहरुले उनीप्रति नराम्रो नियतका साथ नजर लगाउँछन । उनले बिना कुनै प्रतिकार विभिन्न युवाहरुसँग नजिकिएको र पैसामा आफ्नो यौवन साटेको दृश्य देखाइएको छ । धेरैले यस्तो दृश्यले महिलालाई होच्याएको, महिलामाथिको अस्मितामा प्रश्न उठाएको भन्दै सपूतको आलोचना गरेका छन् । कतिपयले त मोडलिङ क्षेत्रमा काम गर्ने महिलामाथि गीतले पश्न उठाएको भन्दै आलोचना गरेका छन् । 

गीतमार्फत रातमा काम गर्ने, मोडलहरु अनि महँगा गहना लगाउनेहरुलाई चरित्रहीन महिलाका रुपमा प्रस्तुत गरिएको भनेर पनि आलोचना भइरहेको छ । के रातमा काम गर्ने सबै महिला चरित्रहीन नै हुन्छन्, अथवा मोडल बन्न कुनै महिलाले आफ्नो शरीर नै बेच्नुपर्छ ? के महिलाले आफैं स्कूटर र टिभी किन्न सक्दिनन् ? सर्जकप्रति आलोचकहरुले थुप्रै प्रश्न उठाएका छन् ।

एउटा महिलालाई देहव्यापारमा मात्र लाग्ने भनेर मेरो चेतनामाथि प्रश्न उठाइरहनुभएको छ । तर हामीले महिलाको नैतिकता र चरित्रमाथि औंला उठाउने पुरुषलाई देखेकै छैनौं ।

यता गायक सपूतले भने गीतको प्रत्येक दृश्य र शब्दलाई लिएर टिप्पणी गर्नु कलाप्रतिको कमजोर चेतना भएको टिप्पणी गरेका छन् । उनी भन्छन्, “मेरो चेतना र दृष्टिकोणमाथि जुन प्रश्न गरिएको छ, उनीहरुले त्यहाँ भएका पात्रहरुलाई हेरेकै छैनन् । त्यहाँ भएका पुरुष पात्रहरुलाई केलाएकै छैनन् । त्यहाँ उठाइएका विषयलाई हेरेकै छैनन् । सरसर्ती एउटा महिलालाई देहव्यापारमा मात्र लाग्ने भनेर मेरो चेतनामाथि प्रश्न उठाइरहनुभएको छ । तर हामीले महिलाको नैतिकता र चरित्रमाथि औंला उठाउने पुरुषलाई देखेकै छैनौं ।”

प्रिती आलेसँगको दोहोरी ब्याटलबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका सपुतलाई ‘बोलमाया’ बोलको गीतले चर्चाको शिखरमा पु-याएको थियो । त्यसपछि उनका ‘गलबन्दी च्यातियो’, ‘फुटेका चुरा’ ‘बदला बरि लै’, ‘कुरा बुझ्न पर्छ’ र ‘पिर’ यस्ता गीत बने जसले करोड दर्शक पाए । तर उनका अधिकांश गीतका भिडियो भने विवादरहित भने रहन सकेनन् । 

Skip This
Skip This
Logo