नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव भएको बताएका छन् ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले समाजवादी शिक्षा पद्धतिको विकास नभएसम्म विद्यार्थी र देशको विकास नहुने बताए । उनले देशको शिक्षामा भईरहेको व्यापार रोक्दै निशुल्क शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताए ।
उनले भने, ‘जबसम्म समाजवादी शिक्षा पद्धतिको विकास हुदैँन् त्यति बेलासम्म विद्यार्थी र देशको विकास गर्न सक्दैनौ त्यसैले आज जुन प्रकारले शिक्षामा व्यापार चलिरहेको छ, यसलाई रोक्नुपर्छ । शिक्षा व्यवस्था भनेको आम जनतालाई राज्यले निशुल्क रुपमा दिनुपर्छ । जनताको मौलिक हकको कुरा हो ।’
नेता खनालले अहिले पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट हटाउन जरुरी भएको बताए । उनले देशव्यापी रुपमा पार्टीको संगठनलाई एक्लो पार्ने षड्यन्त्र भएपनि देशको विद्यार्थी सङगठन भित्र चौथो संगठनको रुपमा विजय भएको भन्दै यो एउटा महत्वपूर्ण विजय भएको बताए ।
अहिले विद्यार्थी आन्दोलन देशको समाजवादी आन्दोलनको एउटा अभिन्न आन्दोलन बन्न सफल भएको उनले बताए ।





























प्रतिक्रिया