उपनिर्वाचनका लागि तरूणबाट खटिए प्रतिनिधि

उपनिर्वाचनका लागि तरूणबाट खटिए प्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको छ।

तरुण दलले बारा २ मा अशोक झा र विवेक चौरसियालाई प्रतिनिधि खटाएको छ। चितवन २ मा रत्न महर्जन र आरसी भट्टराईलाई तथा तनहुँ १ मा ललित गुरूङ र सागर गुरूङलाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।

उपनिर्वाचनमा काँग्रेस र वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्न तरूण दलले केन्द्रीय प्रतिनिधि खटाएको हो।

Logo