गठबन्धन सरकार कायम रहे वृद्ध भत्ता नपाउने खतरा छः अध्यक्ष ओली

गठबन्धन सरकार कायम रहे वृद्ध भत्ता नपाउने खतरा छः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको ध्यान देश र जनता प्रति भन्दा पनि आफन्त पोस्नेमा रहेको आरोप लगाएका छन् । उनले यही सरकार कायम रहे प्रहरीले कपडा फेर्न नपाउनेदेखि वृद्धभत्ता रोकिने सम्मको स्थिति आउने दावी गरेका हुन् । 

बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकारलाई विदेशीले समेत नपत्याएको बताए । 

उनले बारा दुईमा गठबन्धनको साझा उम्मेदवार उठाएको प्रति आक्राेश पोख्दै सरकारको ध्यान देश र जनताप्रति भन्दा आफन्त केन्द्रित भएको आरोप पनि लगाए । ‘यही सरकार कायम रह्यो केही महिना भित्र वृद्धा भक्ता नपाउने खतरा छ । भने प्रहरीले कपडा फेर्न पनि पाउँदैन । यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ उनले भने । 

अध्यक्ष ओलीले आफ्नो पालामा बारा,रौतहट लगायतका जिल्लामा विविध विकास निर्माणका काम गरेको चर्चा गर्दै शेरबहादुर देउवा पाँच चोटी प्रधानमन्त्री बन्दासमेत केही नगरेको भन्दै उनलाई आफूले गरेको काम देखाउन चुनौति पनि दिए । 

Skip This
Skip This
Logo