सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औँ चरणका खेलहरु सुरु हुँदैछ।शुक्रबार लिगको ११ चरणको सुरुआती दुई खेलहरु हुँदैछ । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।































प्रतिक्रिया