श्रीलंकाले चीनलाई १ लाख बाँदर बेच्ने

श्रीलंकाले चीनलाई १ लाख बाँदर बेच्ने

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने भएकाे हाे ।  

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ । 

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपंक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्धसम्बन्धि आवश्यक कानुन संसोधन पनि गरिसकेको छ । 

श्रीलंकामा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति हुदाँ किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बाँदर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo