दिल्लीको एक अदालत परिसरमा गोली हानी महिलाको हत्या

दिल्लीको एक अदालत परिसरमा गोली हानी महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ ।अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।

उनी माथी ४-५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन ।

ती महीला माथी बिहान १०:३० बजे ४-५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् ।  सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो। अदालत परिसरमा भीडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएकाे थियाे। आज उनको सुनवाई थियो। अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाइ लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथी प्रश्न उठाईएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथी प्रश्न उठाएका छन्।

Skip This
Skip This
Logo