एसिसी प्रिमियर कपः कतारले दियाे साउदी अरबलाई २१७ रनको लक्ष्य

एसिसी प्रिमियर कपः कतारले दियाे साउदी अरबलाई २१७ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारले साउदीलाई २१७ रनको लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएपछि साउदीले मध्यम लक्ष्य पाएको हो । 

कतारका लागि मोहम्मद तानविरले ४६ कम्रान खानले ३६, इमाल लियानागले ३१, कप्तान मोहम्मद रिजलानले २८, खुराम सहजादले २७, इक्रमउल्लाह र सानदुनले १४ रन बनाए ।

बलिङतर्फ साउदीका इस्तियाक अहमदले चार विकेट लिए । त्यस्तै, अतिफ उर रहमान, जाइन उल अविदिन र अहमद बालाद्रफले समान २–२ विकेट लिए । 
 

Logo