भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पन्जाब किंग्सले पराजित गरेको छ। वांगखडे क्रिकेट स्टेडियममा पन्जाबले मुम्बईलाई १३ रनले पराजित गरेको छ।
पन्जाबले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन मात्र बनायो। मुम्बईका लागि सुर्यकुमार यादव र क्यामरुन ग्रीनले अर्धशतकीय ईनिङ खेले। ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६७ रन बनाए। सुर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए।
ओपनर तथा कप्तान रोहित शर्माले २७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए। टिम डेबिडले १३ बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाए।पन्जाबका लागि अर्शदिप सिंहले ४ तथा लियम लिविंस्टोन,नाथन एलिसले १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। पन्जाबका लागि कप्तान साम करनले २९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाए । पन्जाबले पछिल्लो ५ ओभरमा ४ विकेट गुमाएर ९६ रन बनाएको थियो।सात खेलमा चार जित र तीन हार व्यहोरेको पन्जाब १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा उक्लिएको छ।































प्रतिक्रिया