शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदैछ । ११ औँ चरण अन्तर्गत आज हुने २ खेलहरू दशरथ रङ्गशाला र च्यासल मैदानमा हुने छन्।
च्यासल मैदानमा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने छ। हिमालयन आज तेस्रो जितको खोजीमा हुँदा सातदोबाटो छैटौँ जितको खोजीमा हुने छ।
यस्तै, आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संकटा र थ्रीस्टार क्लब आमनेसामने हुने छन्। थ्रीस्टार छैटौँ तथा संकटा पाँचौं जितको खोजीमा छन् ।





























प्रतिक्रिया