राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले अघिल्लो पटक भन्दा यो पटक राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताएका छन्।
उनले भने, ‘बिहानदेखि उत्साह देखिएको छ। त्यसलाई मैले सकारात्मक रूपले लिएको छु। यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु।’
चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मतदातामा आशा र उत्साह देखिएको भन्दै आफूमा पनि उत्साह बढेको बताएका हुन्।





























प्रतिक्रिया