सिंगापुरविरुद्ध युएईको ४७२ रनको लक्ष्य, वृत्यको लगातार दोस्रो शतक

सिंगापुरविरुद्ध युएईको ४७२ रनको लक्ष्य, वृत्यको लगातार दोस्रो शतक

केन्द्रबिन्दु
0
Shares

कप्तान मोहम्मद वासिम र युवा ब्याटर वृत्य अरविन्दको शतकीय प्रदर्शनमा युएईले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा १० विकेट नै गुमाउँदै ४७१ रन बनाएको हो । जुन जारी प्रतियोगिताको सबैभन्दा ठूलो लक्ष्य हो । 

युएईका लागि युवा ब्याटर अरविन्दले शतकीय इनिङ खेले । उनले १३३ बलमा १७४ रन जोडे । उनले यसअघिको खेलमा कुवेतविरुद्ध पनि १८५ रनको  शतकीय इनिङ खेलेका थिए ।  

साथै कप्तान वासिमले १६० रनको शतकीय इनिङ खेले । उनले १६ छक्का र ९ चौकाको मदतमा १६० रन जोडे । आयन अज्फल खान पनि विष्फोटिङ ब्याटिङ गर्दै ७४ रनमा आउट भए । 

बलिङतर्फ आदित्य भर्गवले सर्वाधिक ४ विकेट लिए । साथै रमेश कालीमुथुले ३ विकेट तथा विनोथ भास्करनले २ र मनप्रित सिंहले एक विकेट लिए । 

समूह बी मा रहेको युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो भने दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । सो पराजयले युएइको समूह ए को शिर्ष स्थानमा रहेको नेपालसँग सेमिफाइनलमा भेट हुने सम्भावना छ । 

Logo