तनहुँ क्षेत्र नं-१ मा ९३ वर्षीय वृद्धद्वारा मतदान

तनहुँ क्षेत्र नं-१ मा ९३ वर्षीय वृद्धद्वारा मतदान

केन्द्रबिन्दु
0
Shares

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गरेका छन्। व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उनले बिहान ८ बजे मतदान गरेका  हुन्। 

शारीरिकरुपमा अशक्त रहेका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गरेका हुन्। तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । 

Logo