वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ। यसअघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए।





























प्रतिक्रिया