चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका लागि मतदान जारी छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ७ वजेबाट सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार रहेका छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।































प्रतिक्रिया