कम्युनिष्टहरुको धड्कन एकैसाथ धड्किरहेको छ, एकताको दिन टाढा छैनः माधव नेपाल

कम्युनिष्टहरुको धड्कन एकैसाथ धड्किरहेको छ, एकताको दिन टाढा छैनः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुबीच छिट्टै एकता हुने विश्वास व्यक्त गरेका छन् । 

आईतबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा “नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले सबै कम्युनिष्टको दिलको धड्कन उस्तै उस्तै ढंगले धड्किरहेको भन्दै एकता हुने दिन टाढा नभएको बताएका हुन् ।  

उनले भने, ‘विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं’, उनले भने, ‘किनभने हाम्रो दिलको धड्कन उस्तैउस्तै ढंगले धड्किरहेको छ । कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन ।’ 

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नको निमित्त कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको बताए । छिट्टै समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर आफूहरु प्रस्तुत हुन गइरहेको पनि जानकारी पनि उनले दिए । 

Logo