निर्वाचन आयोगको विज्ञप्तिप्रति मुख्यमन्त्री यादवले जनाए आपत्ति

निर्वाचन आयोगको विज्ञप्तिप्रति मुख्यमन्त्री यादवले जनाए आपत्ति

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगको विज्ञप्तिप्रति आपत्ति जनाएका छन्। 

आइतबार आफूलाई स्पष्टीकरण सोधिएको विषयको विज्ञप्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न आफूहरू तत्पर रहेको बताएका हुन्। 

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले जारी गरेको आचारसंहिता उल्लंघन हुनु हुँदैन भन्ने स्पष्ट दृष्टिकोण र मान्यता मधेश प्रदेश सरकारको रही आएको छ। हामी निर्वाचन निष्पक्ष हुनेमा विश्वस्त रहेका छौँ। यस प्रदेशमा निर्वाचनको लागि निर्वाचन आयोग नेपाल, राजनीतिक दल, सम्पूर्ण उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायसहित आम जनतालाई धन्यवाद दिँदै आजको निर्वाचनमा सहभागी हुन अनुरोध गर्दछौँ,’ उनले भनेका छन्। 

मुख्यमन्त्री यादवले निष्पक्ष, भयरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन आफूहरूले प्रतिबद्धता गरेकोमा त्यस प्रतिबद्धतामा रति भर आँच नआउने गरी मधेश प्रदेश सरकारको तर्फबाट निर्वाचन आयोग, नेपाललाई आश्वस्त र विश्वस्त गराउने वचन दिएका छन्। 

 

Skip This
Skip This
Logo