कप्तान मोहम्मद वासिम र वृत्य अरविन्दले रनको वर्षा बनाउँदै शतक बनाएपछि युएईले एसिसी प्रिमियर कपमा सिंगापुरलाई २ सय १ रनको फराकिलो अन्तरले हराएको छ । यो फराकिलो जितसँगै युएईले सेमिफाइनल खेल्ने सम्भावना मजबुत बनाउँदा सिंगापुर एक खेल अगावै बाहिरिएको छ ।
जितको लागि ४ सय ७२ रनको विशाल विजयी लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७० रन बनायो । सिंगापुरका मध्यक्रमका ब्याटर मनप्रीत सिंहले ६४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रन बनाएका थिए ।
उनी स्पिनर कार्तिक मयाप्पनको बलमा बोल्ड आउट भए । ओपनर रोहन रंगराजन २ रनमै जुनैद सिद्धिकको बलमा बोल्ड आउट भए । कप्तान अरित्र दत्त ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । अब्दुल रहमान १६, अर्यान मोदी डक र विनोथ वास्करन १८ रनमा आउट भए । सुरेन्द्र चन्द्रमोहन ५७ बलमा ३८ रनमा आउट भए । थिलिपन ओमैदुरै ५६ बलमा ४ चौका र ३ छक्कासहित ५२ रनमा आउट भए ।
युएईका आयन खान, कार्तिक मयाप्पन र सन्चित शर्माले दुई दुई विकेट लिए । जुनैद सिद्धिक, रोहन मुस्तफा र जहुर खानले समान एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अल आउट भएको थियो । युएईको जितमा युवा खेलाडी वृत्य अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनले टियु मैदानमा लगातार दोस्रो शतक हानेका हुन् । यसअघिको खेलमा उनले कुवेतविरुद्ध १ सय ८५ रन बनाएका थिए ।































प्रतिक्रिया