एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको छ -झलनाथ खनाल

एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको छ -झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको बताएका छन् । 

आईतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा नेता खनालले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुख पाइरहेको बताएका हुन् । 

उनले कम्युनिष्ट एकतालाई  आवश्यकतामा बदल्ने कोशिस गरेको तर सफल हुन नसकेको पनि बताए । 

‘एकाध व्यक्तिको महत्वाकांक्षाले गर्दा अहिले दुख पाइरहेको छ देशले । त्यसमा परिवर्तन आउन जरुरी छ । परिवर्तन र एकता अङकमाल गरेर एकआपसमा टाउको जोड्दैमा हुने कुरा होइन् । जसरी २०७५ साल जेठ ३ गते भएको एकता भएको थियो । त्यो टाउको जोडेकोे एकता हो त्यसरी हुँदैन । त्यो बालुवाटारमा पुग्न गरिएको एकता हो । तर, पनि तपाई हामीले कम्युनिष्ट एकतालाई साच्चीनै आवश्यकतामा बदल्ने कोशिस ग-यौं, प्रयास भएन सकिएन सकेनौं ।’ उनले भने । 

नेतृत्वमा दक्षिणपन्थी भड्काउमा पुगेकै कारणले कोही राप्रपा र कोही कांग्रेससँग अग्गालो मार्न पुगेको बताएका छन् । 

नेता खनालले संसदमा वामपन्थीहरुको बहुमत भएको जिकिर गरे । उनले पार्टी एकता गर्दा लक्ष्य, बैचारिक सिद्धान्तलाई मिलाएर आधारभूत रुपमा एकता हुनुपर्नेमा जोड दिए ।

Logo