तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार आइतबार साँझ ५ बजेसम्मको प्रारम्भिक रिपोर्ट अनुसार ५५ प्रतिशत मत खसेको हो । एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । अब मतपेटिका संकलनको काम सुरु भएको र सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय गर्ने उनले जानकारी दिए ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् ।





























प्रतिक्रिया