बारा -२ मा ५८ प्रतिशत मत खस्यो

बारा -२ मा ५८ प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ मा उपनिर्वाचन अन्तर्गत आज मतदान सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार प्रारम्भिक रिपोर्टमा ५८ प्रतिशत मत खसेको छ । उनका अनुसार अहिले सो क्षेत्रमा मतपेटिका संकलनको काम सुरु भएको र संकलन भएपछि सर्वदलीय बैठक बोलाएर मत गणनाको निर्णय गरिने छ । 

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धामा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव,  नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायत छन् ।   

Logo