काठमाडौं ।
भारतमा कोरोनाको संक्रमण बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेटमा गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १२० जना छ ।
योसँगै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएका छन् । यति धेरै संक्रमित पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।
अब भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ । भारत धेरै संक्रमित हुने देशको सूचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा छ ।





























प्रतिक्रिया