प्रतिनिधि सभा सदस्यका लागि तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू गरिने भएको छ ।
सबै निर्वाचन क्षेत्रमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएपछि अहिले मतपेटिकाको संकलन कार्य भइरहेको छ । मतपेटिका संकलन भएपछि मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याइएपछि आजै रातिदेखि मतगणना कार्य सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतगणना कार्य आजैदेखि सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।
निर्वाचन आयोगका अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा लगभग ६० प्रतिशत मतदान भएको छ । यसअघि गत मंसिरमा चितवनमा ६७.६३ प्रतिशत मत खसेको थियो । यस कारण चितवनमा यसपटक मत कम खसेको छ । यस्तै, तनहुँ क्षेत्र नम्बर १ मा ५२ प्रतिशतको हाराहारीमा मत खसेको छ भने बारा २ मा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो।





























प्रतिक्रिया