तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
कुल सबै वडामा खसेको मत ६३ हजार ७५७ मध्ये भानु-१० मा कुल १ हजार ७सय ५८मत खसेकाे थियाे । जसमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले ८४६ मत प्राप्त भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३२९ मत प्राप्त गरेका छन् । ऑबु-१ मा कुल १ हजार ४ सय ५८मत खसेका छन् । जसमा रास्वपा वाग्लेले १०६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका भट्टराईले २७६ र एमाले उम्मेदवार सर्वेन्द्र खनाल ५४ मत प्राप्त गरेका छन् । भानु-८ मा १ हजार ७ सय ९४ मत खसेका छन् । जसमा
वाग्ले ८५६ मत भट्टराईले ४५८ र खनालले ४३७ मत प्राप्त गरेका छन् । भानु-७ मा कुल १ हजार २ सय ८१ खसेकाे मत मध्ये वाग्लेले ६५५, भट्टराई ३१२ र खनालले २७० मत प्राप्त गरेका छन् । भानु-३मा कुल १ हजार ५ सय ७४ खसेकाे मत मध्ये
वाग्लेले ७१६, भट्टराईले ४१८ र खनालले ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै ६ वडामा कुल ९ हजार २ सय ५७ मत खसेका छन् । जसमा स्वर्णिम वाग्लेले ५०१९ भट्टराईले २३५१ र खनालले १५४९ मत पाएका छन् ।





























प्रतिक्रिया