काँग्रेस महामन्त्री गगन थापाले राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था रहेको बताएका छन् ।
‘राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौँ,’ थापाले भनेका छन्, ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्। लोकतन्त्र दिवसको शुभकामना !’
लोकतन्त्र दिवसको शुभकामना दिँदै थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताएका हुन् ।





























प्रतिक्रिया