रवि लामिछानेलाई कारवाही नगरेसम्म मतगणनामा नबस्ने कांग्रेस-एमालेको अडान

रवि लामिछानेलाई कारवाही नगरेसम्म मतगणनामा नबस्ने कांग्रेस-एमालेको अडान

केन्द्रबिन्दु
0
Shares

चितवन–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी छ । 

सोमबार बिहान बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस–नेकपा एमालेले प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेबिरुद्ध परेको उजुरीमाथि निर्णय नगरी मतगणनामा नबस्ने अडान लिएको छ । यस विषयमा दलका प्रतिनिधिहरुबीच चर्काचर्कीसमेत भएको छ ।

बैठकमा रक्षात्मक रुपमा प्रस्तुत हुँदै उम्मेदवार लामिछाने भने सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने बताइरहेका छन् ।  

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक पनि कांग्रेसका कारण बस्न सकेको थिएन । कांग्रेसले रास्वपामाथि मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको आरोप लगाएको छ । 

चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । 

Logo