तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार झण्डै २४ हजार मत गणना हुँदा रास्वपाका वाग्लेले १२ हजार ७०५ बढी मत पाएका छन् । वाग्लेले निकटतम प्रतिद्धन्द्धी भन्दा ५ हजार बढी मतले अग्रता लिएका छन् ।
पछिल्लोसमय नेपाली कांग्रेस तथा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले मत अन्तरलाई घटाउँदै लगेका छन् । उनले ७ हजार ६४७ मत पाएका छन् । त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ४ हजार २२० मत ल्याएर तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया