तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले २२ हजार २६० मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीच झण्डै १० हजारको मतान्तर रहेको छ ।
साथै नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९३ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । हाल बन्दिपुर र व्यास नगरपालिकाको मतगणना जारी छ ।





























प्रतिक्रिया