परराष्ट्रमन्त्री एनपी साउदले व्यक्ति केन्द्रित प्रवृतीका कारण समस्या बढेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा स्थापित पाठशाला स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हरेक काम र जिम्मेवारी संस्थागत गर्न आवश्यक भएको बताएका हुन् ।
उनले भने, ‘मान्छेलाई एक दुई दिन र एक दुई महिनाको लागि मात्र उत्साह र हौसला जोस आउँछ । परिवार समाजको र कामको दवावले मान्छे च्यापिन्छ । र आफैंले सुरु गरेका काम पनि पुरा गर्न सकदैन् । त्यसकारण यसलाई एक जनाको जिम्मामा मात्र हैन । यस्ता कामहरुलाई संस्थागत गर्न र सामूहिक जिम्मेवारीमा राख्नुपर्छ ।’
मुलुकको वर्तमान अवस्थाले गर्दा समाज र कामको दवावमा परेर मानिसहरु दिर्घकालिन रुपमा उत्साहित हुन नसक्ने उनको भनाई छ । उनले हरेक क्षेत्रको कामलाई व्यक्तिगत रुपमा नभई संस्थागत गरेर लगेमा मात्र देशमा विकास हुने बताए ।































प्रतिक्रिया