चितवन -२ मा मतगणना नसकिँदै रामप्रसाद र जितनारायणले रविलाई दिए बधाई

चितवन -२ मा मतगणना नसकिँदै रामप्रसाद र जितनारायणले रविलाई दिए बधाई

केन्द्रबिन्दु
0
Shares

चितवन -२ को मतगणना नसकिँदै रास्वपाका उम्मेदवार रवि लामिछानेलाई प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले बधाई दिएका छन्। 

भारी मतान्तरले लामिछाने निर्वाचित हुने निश्चित भएपछि मंगलबार बिहान प्रतिस्पर्धी न्यौपानेले परिणामलाई स्वीकार गर्दै सफल कार्याकालको बधाई दिएका हुन्। साथै उनले चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने बताएका छन्। उनले भनेका छन्, ‘निर्वाचन प्रक्रियामा जितहार स्वभाविक हो, चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने छु।’ 

May be an image of 5 people, beard and suit

त्यस्तै, अर्का निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पनि बधाई दिएका छन् । उनले भनेका छन्,  ‘मैले परिणामलाई स्वीकार गरेको छु। हार स्वीकार गरेको छु। अझै म जनताका काम गर्दै अघि बढ्छु। रविजीलाई बधाई छ। म उहाँलाई बधाई दिन आएको हुँ।’

पछिल्लो अपडेट अनुसार रास्वपाका सभापतिसमेत रहेका लामिछानेले ५० हजार २०५ मत ल्याएर जित निश्चित गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठ ९ हजार ८५६ र एमालेका रामप्रसाद न्यौपाने ९ हजार ४८७ मत ल्याएका छन्।

Logo