बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् । उनले १५ हजार ९८० मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ११ हजार १९८मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेल ५ हजार १४१ मतसहित तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार १२९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।





























प्रतिक्रिया