ओमानले साउदीलाई दियो विशाल लक्ष्य, ५ खेलाडीकाे अर्धशतक

ओमानले साउदीलाई दियो विशाल लक्ष्य, ५ खेलाडीकाे अर्धशतक

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओमानले साउदीलाई रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ पाएको ओमानले ३६७ रनको विशाल लक्ष्य दिने क्रममा ५ ओमानी खेलाडीले अर्धशतक बनाए ।    

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले सबै ५० ओभर खेल्दै ३६६ रन बनाउन सफल भयो । ओमानका लागि जसिन्दर सिंहले ८८, सोएभ खानले ६८, मोहम्मद नादिम ७१, जेसन मक्सुद ५४ र कस्यप कुमार हरिसभाईले ५१ रन ल्याए । 

यस्तै ब्याटिङतर्फ साउदीका लागि आतिफ रहमानले ३ विकेट लिए भने अब्दुल वाहिदले २ तथा अब्दुल वाइडले १ विकेट लिन भने अन्य कुनै पनि खेलाडीले विकेट लिन सकेनन् ।  
 

Logo