बिहीवारसम्म संसदीय समितिमा प्रतिनिधित्व गर्ने सांसदको नाम बुझाउन सभामुखको आग्रह

बिहीवारसम्म संसदीय समितिमा प्रतिनिधित्व गर्ने सांसदको नाम बुझाउन सभामुखको आग्रह

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले बिहीवारसम्म संसदीय समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेका छन् । 

संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिन आग्रह गरेका हुन् । 

‘तपाईंहरुले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन । संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ ।’ उनले भने । याेसँगै आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ ।

साथै संसदमा उठेका विषयमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेको बताउँदै सभामुख घिमिरेले आजको बैठकमा गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्ने जानकारी गराए ।  

Logo