आईपीएलमा कोलकत्तासँग बेंग्लोर पराजित

आईपीएलमा कोलकत्तासँग बेंग्लोर पराजित

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग (आईपीएल)को ३६ औँ खेलमा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ ।   

बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा कोलकत्ता २१ रनले विजयी भएको हो । यस सिजन बेंग्लोरविरुद्धको पहिलो भेटमा कोलकत्ता ८१ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

कोलकत्ताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो । बेंग्लोरका लागि कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाए । महिपाल लुमरोका १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए। 

दिनेश कार्तिकले १८ बलमा २२ रन बनाउँदा सुयश प्रभुदेशाई ९ बलमा १० रन बनाए। कोलकत्ताका लागि वरुण चक्रवर्तीले ३ तथा आन्द्र रसेल र सुयश प्रभुदेशाईले समान २/२ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । 

कोलकत्ताका लागि ओपनर जेसन रोयले २९ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर नारायण जगदिशनले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाएका थिए ।

कोलकत्ता लगातार हारको शृंखला तोडेको छ । कोलकत्ता पछिल्लो चार खेलमा लगातार पराजित हुँदै आएको थियो । जितपश्चात कोलकत्ताको आठ खेलमा तीन जित र पाँच हारका साथ सातौँ स्थानमा रहेको छ । 

Logo