काठमाडाैँ महानगरले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने

काठमाडाैँ महानगरले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले काठमाडौँका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भ्रातृ संगठनका कार्यक्रम गरे कारबाही गर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यसअघि महानगरले शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको थियो । 

 

Logo