सरकारले नौ निर्माण व्यवसायी तथा अपूर्ती कम्पनीलाई कालोसूचीमा राख्न प्रकृया अघि बढाएको छ ।
उनीहरु विरुद्ध कालोसूचीमा राख्ने प्रकृया सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि बढाएको हो । कार्यालयले उनीहरुलाई कालोसूचीमा राख्न नपर्ने भए आवश्यक प्रमाण पेश गर्न ३० दिनअघि नै सम्वन्धित कम्पनीको कार्यालयमा पत्र पठाएको थियो ।
तर, कुनै पनि कम्पनीले कार्यालयलाई लिखित जवाफ पठाएका थिएनन् । पत्र नआएपछि कार्यालयले लिखित स्पष्टिकरण पेश गर्न थप सात दिनको म्याद दिएको छ । अब पनि कम्पनीबाट स्पष्टिकरण नआए कम्पनीलाई कालोसूचीमा राखिने कार्यालय जनाएको छ ।
.jpg)





























प्रतिक्रिया