वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चबाट बहस नोट माग

वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चबाट बहस नोट माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्यमा पराजित वामदेव गौतमलाई सोही कार्यकालमा राष्ट्रियसभामा मनोनित गरिएको निर्णय संविधानसँग बाझिएको भन्दै दायर रिटमा इजलासले बहस नोट माग गरेको छ । बुधबारको संवैधानिक इजलासले वामदेव गौतम विरुद्धको रिटमा बहस नोट माग गर्ने आदेश दिएको हो ।  

२०७७ असोज १२ गते दर्ता भएको रिटमा आठौँ पटकको पेसीमा बहस नोट माग गर्ने आदेश दिइएको हो । बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले अन्तिम सुनुवाइपछि बहस नोट माग गर्ने आदेश दिएको हो ।

Logo