संसदमा रवि र स्वर्णिमप्रति जनअपेक्षा उच्च, सप्तरीले नपत्याएका उपेन्द्र बाराबाट निर्वाचित

संसदमा रवि र स्वर्णिमप्रति जनअपेक्षा उच्च, सप्तरीले नपत्याएका उपेन्द्र बाराबाट निर्वाचित

केन्द्रबिन्दु
0
Shares

आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । जसमा बारा–२ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बाराबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ मतदान भएको हो । चितवनमा भने यसअघि निर्वाचित रवि लामिछानेको पद नागरिकता विवादका कारण खारेज भएपछि पुनः निर्वाचन भएको हो । को हुन् त तीन नवनिर्वाचित सांसदहरु ? 

१.रवि लामिछाने

२०३१ सालको भदौं ५ गते भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिएका थिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । रवि लामिछानेले विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । उनी किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । युवा अवस्थामा देशभित्र होस वा बाहिर उनी उत्तिकै चर्चित थिए । अमेरिका बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरेका रवि बोल्न सिपालु र आकर्षक जीउडाल भएकाले पनि धेरैका प्रिय बने । 

विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछानेले प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । सन् २०१८ मा उनीहरुकोे २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य भयो । रवि स्वेदश फर्किए । २०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट लामो टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पु-यायो ।

जेठ मसान्तसम्म सिधा कुरा जनतासँग कार्यक्रमबाट चिनिएका रवि ६ महिनामा नेपालको शक्तिशाली मन्त्रालयसहित सरकारको उपप्रधानमन्त्री बन्न सफल भए । तर नागरिकता विवादमा लामिछानेको पद खारेज भयो ।

लामिछानेले सन् २०२१ जनवरीमा न्युज २४ बाट राजीनामा दिएर ग्यालेक्सी फोरके टेलिभिजन खोल्ने सुरुवाती टिममा समावेश भए । ग्यालेक्सी फोरके टेलिभिजनको प्रवन्ध निर्देशक रहेका उनले 'सिधाकुरा विथ रवि लामिछाने' नामक कार्यक्रम चलाए । पत्रकारिता पेसा नै त्यागेर २०७९ असार २ गते एकाएक राजनीतिमा होमिएका लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । मंसिर चार गतेको निर्वाचनमा उनको दल होमियो । उनी चितवन–२ बाट निर्वाचित भए । निर्वाचनमा सहभागी भएको पहिलो पटकमै राष्ट्रिय मान्यताप्राप्त दल बन्न सफल भयो, राष्ट्रिय स्वतन्त्र पार्टी । प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रपछि चौथो ठूलो शक्तिका रूपमा स्थापित भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको चुनावपछिको पहिलो सरकारमा उनको दल पनि सहभागी भयो । उनी एकाएक उपप्रधान एवं गृहमन्त्री बने । जेठ मसान्तसम्म सिधा कुरा जनतासँग कार्यक्रमबाट चिनिएका रवि ६ महिनामा नेपालको शक्तिशाली मन्त्रालयसहित सरकारको उपप्रधानमन्त्री बन्न सफल भए । तर नागरिकता विवादमा लामिछानेको पद खारेज भयो । सर्वोच्च अदातलले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोमा दोषी ठहर्याएपछि उनको सांसद पदमात्रै गएन, रास्वपाको सभापतिबाट समेत हट्न पर्यो । त्रुटि सच्याउँदै आवश्यक प्रक्रिया पुर्याएर पुन नागरिकता लिएपछि सभापतिमा पुनर्बहाली त भए तर चितवन २ मा उपनिर्वाचन घोषणा भयो । उनी उठे । वैशाख १० गते भएको मतदानमा मंसिर चारमा भन्दा झण्डै ५ हजार बढी मत ल्याएर उनी फेरि संसद छिरेका छन् । 

२. स्वर्णिम वाग्ले 

२०३१ सालमा गोरखामा जन्मिएका अर्थविद् स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । देश विकासका लागि खाका कोर्ने प्रमुख निकाय योजना आयोगको उपाध्यक्ष भएका वाग्लेले अगस्ट २०१७ देखि फेब्रुअरी २०१८ सम्म त्यसको नेतृत्व सम्हाले । सानैदेखि राजनीतिमा सक्रिय र विद्यालय जीवनमा मेधावी विद्यार्थीका रुपमा चिनिने वाग्लेले कक्षा ४ देखि बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका थिए । एक अन्तर्वार्तामा उनले बूढानीलकण्ठमा अध्ययन गर्दा आफ्ना सहपाठी पूर्व युवराज पारससमेत रहेको बताएका थिए । 

अर्थविद स्वर्णिम वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपा आएका हुन् । २०४२ सालको ‘सत्याग्रह’ र २०४६ सालको जनान्दोलनमा वाग्लेको परिवार विशेष रुपमा संलग्न थियो । मंसिर चारको निर्वाचनमा पार्टीले नपत्याएपछि चुपचाप बसेका उनी उपनिर्वाचनमा पनि पार्टीले टिकट नदिने बुझेपछि चारतारे छाडेर घण्टीमा लागे । पार्टी छाड्दै गर्दा उनले कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाको कार्यशैलीका कारण धराशायी भएको टिप्पणी समेत गर्न भ्याए । मंसिर चार होस वा उपनिर्वाचन, उनले टिकट नपाउनुमा देउवा परिवारसँग चिसिएको सम्बन्ध प्रमुख कारण रहेको टिप्पणी भएको थियो ।  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका वाग्ले विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनको दर्जनभन्दा बढि अर्थशास्त्रसम्बन्धी प्राज्ञिक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

अष्ट्रेलियाको अष्ट्रेलियन नेस्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हाभर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन् ।उनले विश्व बैकको मुख्यालय, वासिङटन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरे । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ । उनको दर्जनभन्दा बढि अर्थशास्त्रसम्बन्धी प्राज्ञिक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका वाग्ले विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उनलाई प्रभावशाली युवा अर्थशास्त्रीको उपमा दिएर अन्तर्राष्ट्रिय मिडियाहरुले लेख्ने गरेका छन् ।

२०४६ सालको एसएलसीको बोर्ड सेकेण्ड समेत रहेका वाग्ले २५ वर्षदेखि नेपालभित्र र बाहिर कुनै न कुनै कार्यमा सक्रिय छन् । वाग्ले २०७७ देखि २०७९ सालसम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा कार्यरत थिए । उनी ३६ वटा देश हेर्ने एशिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए । वाग्लेले २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए । तिनै वाग्ले पार्टी परित्याग गरेको छोटो समयमा नै तनहुँ १ बाट भारीमतान्तरसहित निर्वाचित हुँदै पहिलो पटक संसद छिरेका छन् । 

३.उपेन्द्र यादव

२०१६ सालमा सप्तरीमा जन्मिएका नेता उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष हुन् । नेपाली राजनीतिमा उपेन्द्र यादवको परिचय विद्रोही र आन्दोलनकारीको रुपमा छ । २०६३ माघ २ मा अन्तरिम संविधान जलाएका र त्यसपछिको लामो मधेस आन्दोलनको नेतृत्व गरेका उनी उपप्रधानमन्त्रीसम्म बनेका छन् । कम्युनिष्ट नेताबाट राजनीति सुरु गरेका उनी मधेश आन्दोलनपछि एकाएक राष्ट्रिय राजनीतिमा छाएका हुन् । ऊ बेला सप्तरी मा र अहिले सुनसरीमा पर्ने मधुवनको मोहन नि.मा.वि.मा उनले प्रारम्भिक शिक्षा प्राप्त गरे । त्यसपछि जनता मा.वि. मधुवन र वनदहवाकट्टी हाइस्कूल सप्तरीमा माध्यमिक शिक्षा लिएका उनले २०३२ सालमा एसएलसी उत्तीर्ण गरे । धरानको हात्तीसार क्याम्पसबाट आइएस्सी गरेका उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तह र स्नातकोत्तर गरेका छन् ।

२०३२ सालमा वामपन्थी दलनिकट विद्यार्थी राजनीतिमा संलग्न भएका उनी २०४८ सालपछि नेकपा एमाले प्रवेश गरेका थिए । त्यसको झन्डै आठ वर्षपछि उनले एमाले परित्याग गरे । ०५४ सालमा यादवले ‘मधेसी जनअधिकार फोरम’ नामको गैरसरकारी संस्था गठन गरे र नेतृत्व गरे । त्यसैमार्फत मधेसका विविध समस्यामाथि विमर्श गर्दै समाधानका सूत्रहरु पहिल्याए । यही संस्थाको आवरणमा उनले मधेशमा माओवादी राजनीति गरेको भनेर राज्यपक्षले उनलाई पटकपटक दुःख दिएको थियो । माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ पनि परेका थिए । त्यही समयमा पक्राउ परेका अन्य माओवादी नेताहरुलाई सुपुर्दगी गरिए पनि यादव भने रहस्यमयी ढंगले रिहा भएका थिए । ०६३ माघको संघर्षपछि उनी प्रायः चर्चामा रहने नेतामा पर्छन् । 

अशोक राई नेतृत्वको संघीय समाजवादी, माओवादी छाडेर बाबुराम भट्टराईले गठन गरेका नयाँ शक्तिसहितका दलहरु उनको पार्टीमा मिसिन पुगे । टुट्ने र जोडिने क्रममा अहिले यादवले नेतृत्व गरेको दलको नाम जनता समाजवादी पार्टी छ । राई त पार्टी मै छन् तर भट्टराई छैनन् । 

एक समय फोरम पार्टीको नाम मात्रै थिएन, मधेसी जनताको पहिचान जस्तो बनेको थियो । पूरै मधेस नै फोरम बनेको अवस्था थियो । नामले नै विद्रोहको संकेत गथ्र्यो । तर व्यक्ति स्वार्थ हावी भएपछि मधेश केन्द्रित दलहरु बारम्बार फुट्ने र जोडिने क्रम जारी रह्यो । एमालेबाट टुक्रिएको अशोक राई नेतृत्वको संघीय समाजवादी, माओवादी छाडेर बाबुराम भट्टराईले गठन गरेका नयाँ शक्तिसहितका दलहरु उनको पार्टीमा मिसिन पुगे । टुट्ने र जोडिने क्रममा अहिले यादवले नेतृत्व गरेको दलको नाम जनता समाजवादी पार्टी छ । राई त पार्टी मै छन् तर भट्टराई छैनन् । 

राजनीतिक जीवनमा पटकपटक गरी साढे तीन वर्ष जेल परेका यादव झन्डै छ वर्ष भूमिगत रहे भने झन्डै आठ वर्ष निर्वासनमा रहे । उनका 'नेपाल मधेशी समुदायः एक विवेचना'लगायत आठवटा पुस्तक प्रकाशित छन् । पटकपटक मन्त्री बनेका यादवको नाम गत मङ्सिर महिनामा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि बारा–२ बाट सिफारिस भएको थियो । तर उनले सप्तरी रोजेका थिए । सप्तरीमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नराम्ररी पराजित भएका यादवले संसदीय राजनीतिमा आफ्नो शाख खस्कने बुझेर बारामा हुने उपनिर्वाचनबाट चुनाव लड्ने योजना बनाए । अन्ततः जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहलाई झण्डै पाँच हजार मतले पराजित गर्दै संसद छिरेका छन् । 

Skip This
Skip This
Logo