प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले विशेषगरी जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए।





























प्रतिक्रिया